

यी हुन् नियमित करेला सेवन गर्नुका फाइदा



काठमाडौं . तीतो हुने भएकाले धेरैलाई करेला मन नपर्न सक्छ। तर, यसमा पाइने तत्त्व स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, भिटामिन ‘सी’लगायत तत्व पाइन्छन्।
यी हुन् करेलाका खानुका फाइदा
मघुमेह नियन्त्रण गर्छ
करेलाको रस नियमित सेवन गरे मधुमेह नियन्त्रण गर्न मद्दत पुर्याउँछ।
जन्डिस निको बनाउँछ
करेलाको पातको रस जन्डिसका बिरामीका लागि लाभदायक हुन्छ। जन्डिस निको बनाउनका लागि करेलाको पातको रसमा थोरै हरडको धुलो मिलाएर बिहान–बेलुका पिउने गर्नुपर्छ।
पत्थरी निको बनाउँछ
पत्थरीको समस्या भएका बिरामीलाई पनि करेलाको पातको रस निकै प्रभावकारी मानिन्छ। हरेक दिन बिहान–बेलुका करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर पिए पत्थरी निको पार्न मद्दत गर्छ।
दुखाइमा राहत मिल्छ
काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुखेको ठाउँमा लगाउँदा दुखाइमा राहत मिल्छ।
पिसाव पोल्दा आराम मिल्छ
करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ।
उच्च रक्तचाप नियन्त्रण गर्छ
उच्च रक्तचाप भएकाले नियमित रूपमा करेलाको सेवन गर्दा रक्तचाप नियन्त्रण हुन्छ।
रगत शुद्ध बनाउँछ
करेला सेवनले रगत शुद्ध बनाउँछ र अनुहारमा दाग पनि आउँदैन।
छालालाई स्वस्थ बनाउँछ
करेलाले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ। यसमा पाइने भिटामिन ‘ए’ तत्त्वले छालालाई स्वस्थ बनाउँछ। र, छालालाई जवान र चम्किलो बनाउँछ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया