

पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु



पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बिहीबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।
रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।
वडाध्यक्ष रानाका अनुसार बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ।
बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको उनले बताए।
‘म घटनास्थलमै छु। अहिलेसम्म ६ जनाको ज्यान गएको छ। मृतकहरू सबै खुर्सानेकै हुन्,’ उनले भने, ‘घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा अझै ६ जना च्यापिएको अवस्थामा छन्। हामी उनीहरूलाई उद्धार गर्न खोजिरहेका छौं।’
मृतक र घाइतेहरू खुर्सानेकै भए पनि परिचय भने खुल्न नसकेको उनले बताए।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा परि १५ जना घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
मृतक सबै महिला छन्। उनीहरूको पहिचान भने खुलेको छैन।
घाइते भेटिएका १५ जना मध्ये पनि १३ जना महिला र दुईजना पुरुष रहेका छन्।
प्रहरीलाई राति १० बजेतिर दुर्घटनामा परेका घाइतेले नै फोन गरेर घटनाबारे जानकारी गराएका थिए।
त्यसपछि मात्र उद्धारको लागि प्रहरी पुगेको भट्टले बताए।
पाल्पाबाट बुटवल हुँदै घटनास्थल पुगेकोले उद्धार गर्न समय लागेको भट्टले बताए।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया