

भृकुटीबारे जानकारी दिने ग्रन्थ नेपालीमा



काठमाडौं
कतिपय नेपाली इतिहासकारले काल्पनिक पात्रका रूपमा ठोकुवा गर्दै आएका भृकुटीबारे उल्लेख गरिएको तिब्बती ग्रन्थलाई नेपालीमा अनुवाद गरिने भएको छ।
नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे तिब्बती ग्रन्थ ‘मणिकाबुम’मा उल्लेख गरिएको छ। भृकुटी सातौँ शताब्दीकी भए पनि उनका बारे ११औँ शताब्दीमा मात्र ग्रन्थमा लिपिबद्ध गरियो।
सो ग्रन्थलाई १६औँ शताब्दीमा काठेब्लकको प्रयोग गरी पुस्तकका रूपमा प्रकाशन गरिएको थियो। राष्ट्रिय अभिलेखालयले सो ग्रन्थको नेपालीमा अनुवाद गर्न तिब्बती (भोट) भाषाका विशेषज्ञ पुण्यप्रसाद पराजुलीलाई जिम्मेवारी दिने भएको छ।
अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले मणिकाबुममा धेरै खण्ड भएको र तीमध्ये भृकुटीसम्बन्धी दुईवटा खण्डको मात्र अनुवाद गरिने जानकारी दिँदै भन्नुभयो, “भृकुटीबारे नेपाली स्रोतले स्पष्ट गर्दैन। त्यसैले तिब्बती ग्रन्थबाट अनुवाद गर्न लागेका हौँ।”
नेपालका कुनै पनि शिलालेख, ग्रन्थ र वंशावलीमा भृकुटीबारे उल्लेख नभएकाले केही इतिहासकारले भृकुटीलाई काल्पनिक पात्र भएको दाबी गर्ने गरेका छन्। भोट भाषाका विज्ञ पराजुलीले भन्नुभयो, “नेपालका लिखतमा उल्लेख नहुँदैमा कसैलाई पनि काल्पनिक पात्र ठह(याउन मिल्दैन। त्यसैले मणिकाबुम नेपाली भाषामा अनुवाद भइसकेपछि भृकुटीबारे धेरै कुरा बाहिर आउनेछन्।”
राष्ट्रिय अभिलेखालयसँग २० हजारभन्दा बढी तिब्बती ग्रन्थ छन्। राणा प्रधानमन्त्री भीमशमशेरले पुस्तकालयमा राख्न भनी तत्कालीन तिब्बती शासकलाई पत्र पठाई तिब्बती ग्रन्थ खरिदको प्रस्ताव पठाएका थिए।
तिब्बती शासकले बौद्ध धर्मसँग सम्बन्धित ग्रन्थ बिक्री गर्न नमिल्ने भन्दै ‘न्यिङ्मा ग्युबुम’ निःशुल्क उपलब्ध गराएका थिए।
कुनै बेला वीर पुस्तकालयमा रहेका ती ग्रन्थलाई पछि राष्ट्रिय अभिलेखालयमा ल्याई सुरक्षित राखिएको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया