

कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ




कपिलवस्तु । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ । निल गाई मारेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नदीको बगरमा भागबन्डा गर्दै गरेको अवस्थाको निल गाईको खुर भएको दुई वटा खुट्टासहितको १२ किलो मासुसहित तीन जनालाई नियन्त्रणमा लिएर वनलाई बुझाएको सव वन डिभिजन कार्यालय चेतरादेहीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएकामा जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरका ३२ वर्षीय जमिलअहमद चौधरी मुसलमान, महाराजगंज वडा नम्बर २ पडरियाका ३८ वर्षीय नसरुल्लाह मुसलमान र सोही स्थानका २१ वर्षीय मोहम्मद ईमरान मुसलमान रहेको जनाइएको छ । नियन्त्रणमा लिएका व्यक्तिलाई वन्यजन्तु सम्बन्धी ऐन अनुसारको मुद्दा चलाई थप अनुसन्धान गरिने सहायक वन अधिकृत शाहले जानकारी दिए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया