

बाणगंगाको कपिलधाममा “स्वस्थ जीवन र दर्शन” सम्बन्धी प्रस्तुती





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा स्वस्थ जीवन र दर्शन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालको उपस्थितिमा स्वस्थ जीवनका लागि तन, मन, बुद्धी र अन्तरात्माको संयोजनबाट खुसी र आनन्द प्राप्तीका लागि प्रशिक्षण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य सहित धाम संचालक समितिका पदाधिकारी, कलिधाम गुरुकुलमका संचालक लगाएत करिब एक सय बढीको उपस्थिति रहेको थियो । कार्यक्रमा डा. खनालले तन , मन, बुद्धी र अन्तरात्माको संयोजनबाट मिल्न खुसी र आनन्दले मानवीय शरीरका विभिन्न रोगहरुको आन्तरिक उपचारमा शरीरमा क्षमता बृद्धी गर्ने बताउनुभयो ।
मानिसको जीवनलाई मानवीय व्यवहारले नै स्वस्थ बनाउन सकिने भन्दै उहाँले बाचुन्जेल गुणस्तरीय जीवन बाच्न आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि जीवनको दर्शन र मनोवैज्ञानिक प्रभावलाई पनि आत्मसाथ गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
एम. बी. बी. एस., एम. डी.(रेडियोलोजी) समेत रहेका डा. खनाल झण्डै एक दशक बढी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहनु भएको थियो । यस अघि सोही अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत हुनुभएका डा. खनालले देशका विभिन्न स्थानमा स्वस्थ जीवन र यसको दर्शनका विषयमा प्रशिक्षण समेत दिने गर्नुभएको छ ।
आफ्नै गृह जिल्ला कपिलवस्तुको बाणगंगामा उहाँले कपिलधाम एक धार्मिक पर्यटकीय स्थलमा स्वस्थ जीवन र यसको दर्शनका विषयमा प्रशिक्षण दिनुभको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया