नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासका भिडियो अब अन्तरिक्षमा

काठमाडौं

 नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् ।

मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पुर्‍याइने छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ ।

स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

खबर सबै