

झन्डै २ हजार गाडी वीरगञ्ज भन्सारमा अड्किए


काठमाडौं
विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ ।
भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, भ्यान छन् ।
त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ । ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अघि बढाउन सकिने कानूनी प्रावधान भए पनि यहाँ त्यस्तो हुँदैन,’ भन्सारका एक अधिकारीले भने ।
अहिले वीरगञ्ज भन्सारमा रोकिएका सवारीसाधनमा टाटा, अशोक लेल्यान्ड, टोयोटा र हुन्डाई ब्रान्डका धेरै रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया