

स्व. राजा बिरेन्द्रको जन्मदिवसमा बाणगंगा ९ का झबिन कार्कीद्धारा विद्यार्थीलाई न्यानो स्विटर वितरण





कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक युवाले स्वर्गिय राजा विरेन्द्रको जन्म दिवसका अवसरमा बिहिबार विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर घर स्थायी घर भई हाल रोजगारीका लागि दुबैमा रहँदै आएका झविन कार्कीले स्वर्गीय राजा बिरेन्द्र वीर विक्रम शाहको ७७ औँ जन्मदिवसमा आफ्नै गाउँको भर्तापुर आधारभूत विद्यालयका विपन्न दश जना विद्यार्थीलाई विद्यालयको पोशाक अन्तरगतको स्विटर बितरण गरेका हुन् ।
आफू स्वदेशमा हाल नभए पनि आफ्नै गाउँको विद्यालयमा अध्ययन गर्ने बालबालिकाको चिसो छेक्न परिवारको माध्यमबाट स्विटर हस्तान्त्रण गरेको बताएका छन् । राजसंस्था र राजतन्त्रको आफू पूर्ण पक्षधर रहेको भन्दै उनले बिरेन्द्रको सम्झनामा विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको उनले उल्लेख गरेका छन् ।
भर्तापुर आधारभूत विद्यालयमा कार्की परिवारसँगै विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा सो स्विटर वितरण गरिएको हो ।
बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो।
स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन काठ्माण्डौ सहित देशका विभिन्न स्थानमा उनको सम्झनामा विभिन्न कार्यक्रम समेत आयोजना गर्ने गरीन्छ । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ। इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया