गण्डकीको निस्दी खोला स्वास्थ्य चौकीको टोली बाणगंगाको मोतिपुर स्वास्थ्य चौकीको अवलोकन भ्रमणमा

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुमा उत्कृष्ट स्वास्थ्य चौकीको मन्यता पाएको मोतिपुर स्वास्थ्य चौकीमा गण्डकी प्रदेशको एक स्वास्थ्य चौकीको टोलीले स्थलगत अध्ययन अवलोकन तथा उत्कृष्टताको सूचकहरुको जानकारी लिएको छ । सो टोलीलाई मोतिपुर स्वास्थ्य चौकीले स्वागत सहित छलफल तथा अवलोकन गराएको छ ।

गण्डकी प्रदेशको माछापुच्छ्रे गाउँपालिका स्थित निस्दिखोला स्वास्थ्य चौकीको स्वास्थ्य व्यवस्थापन समिति सहित गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य चौकीका कर्मचारीको टोलीले मोतिपुर स्वास्थ्य चौकीको अध्ययन अवलोकन गरका हुन ।

उनीहरुलाई महिला स्वास्थ्य स्वयमसेवीका दिलकुमारी भण्डारीको अध्यक्षतामा एक कार्यक्रम गरी अन्तरक्रिया तथा छलफल र यहाँको उपलब्धिका विषयमा जानकारी प्रदान गरिएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य चौकीबाट प्रवाह भएका सेवा सुविधाका विषयमा स्वास्थ्य चौकी प्रमूख घिमिरेले प्रकाश पार्नुभएको थियो ।

अवलोकनका क्रममा निस्दी स्वास्थ्य चौकी प्रमूख तथा इन्चार्ज अनिता घिमिरेले प्रतिवेदन पेश गर्नुभयो भने छलफलमा पोषण, परिवार नियोजन, नसर्ने रोगहरु, गर्भवती तथा सुत्केरी जाँचका विषयमा छलफल समेत भएको छ ।

यस्तै दुबै स्वास्थ्य चौकी मातहतका महिला स्वास्थ्य स्वयमसेवीकाहरुका बिचमा दोहोरो अन्तरत्रिया तथा छलफल समेत भएको छ । भ्रमणका क्रममा दुबै स्वास्थ्य चौकीले एक अर्कालाई मायाको चिनो समेत आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया

खबर सबै