

रातभर भित्रिन्छ तस्करीका सामान


काठमाण्डौँ
प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय, रानी मातहत रहेको इप्रका रानी सीमा र इलाका प्रहरी कार्यालय, बुधनगरको टोलीले राति १०:३० बजे सामान बरामद गरेको थियो । भारतबाट तस्करी गरेर मध्यरातमा नेपाल लिएर आउँदै गर्दा प्रहरीलाई देखेपछि कारोबारी भागेको बताइएको छ ।
प्रहरीले पक्राउ गरेकामध्ये इस्टकोट, झुल, चुलो, बर्नर, कुकरका हेन्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीका सकप, धुलो दूध, जुत्ताचप्पल, गलबन्दी, गाईबस्तुलाई खुवाउने भिटामिन, प्लास्टिकका कुर्सी, पूजाका सामग्री, झोलाका क्लिप, मोजा, युरिया मल, चिनीजस्ता सामग्री छन् । आफ्नो उपभोगका लागि नभएर तस्करीको कारोबार चलाउनेबाट भित्र्याएको सामान मध्यरातमा पक्राउ परेको प्रहरीले जनाएको छ । तस्करीमा संलग्नले मध्यरातमा भित्र्याउने र गोदाममा राख्ने तथा दिउँसो पसलपसलसम्म पु(याउने गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छु ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया