
सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

काठमाण्डौँ
नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्याक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् ।
विशिष्ट व्याक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालबाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेन, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनको सुविधा तोकिएको छ । मन्त्रालयले सत्ता र शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्नेको सुरक्षाकर्मी फिर्ता गर्ने भनेको हो । तर कार्यविधि अनुसार नै पूर्व पदाधिकारीको सुरक्षामा प्रहरी खटाइएकोले उनीहरुलाई फिर्ता ल्याउन नमिल्ने प्रहरी प्रधान कार्यालयले बताएको छ । यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया