

सत्ता गुमेपछि कांग्रेसमा छायो सन्नाटा





काठमाडौं । सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका दिनुभयो । अब सबै गुम्यो । मेरो प्रयास सफल हुन सकेन ।’
यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले नेतृत्वले आफूलाई बाहेक अरूलाई नदेखेर स्वाहाको बाटो रोजेको बताए । ‘बुझेकै हो । बुझ्नेले स्वाहाको बाटो रोजे पछि । आफूलाई भन्दा अरूलाई नदेखे पछि,’ भण्डारीले असन्तुष्टि छ ।
यस्तै केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा पदाधिकारीहरूले लिनुपर्ने बताए । उनले भने, ‘हामी केही केन्द्रीय सदस्यहरू गठबन्धनभन्दा एक्लै निर्वाचनमा जानु उत्तम हुन्छ भन्दा पदाधिकारीहरुको गोप्य सहमतिको आधारमा एकजना प्रभावशाली महामन्त्रीजीले कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन नै आवश्यक भएको प्रस्ताव सुनाउनुभो । पारित गर्न अनुरोध गरेपश्चात प्रस्ताव पास भयो ।’
संघदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएपछि कांग्रेस पार्टीको इतिहासमा ७४ सिट छोडेर ९१ सीटमा लड्न बाध्य पारेको उनको आरोप छ । उनले पार्टीले सबै कुरा गुमाउँदासमेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने नेतृत्वमाथि आक्रोश पोखेका छन् । पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल राजनीतिक अवस्थाको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया