बाणगंगाको कपिलधाममा चौथो नगर स्तरीय माघी महोत्सव हुने

नरेश थारु, कपिलवस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ मा रहेको कपिलधाममा यस वर्ष चौथो माघी महोत्वस आयोजना गरिने भएको छ । थारु कल्याणकारी सभा वाणगङगा नगर कार्य समितीको आयोजनामा हुने यस बर्षको माघी महोत्सव तथा नया बर्ष खिचडि महोत्सव माघ २, ३ र ४ गते हुने भएको हो ।

थारु जातीको नया वर्षका रुपमा मनाईने माघि पर्वको अवसरमा महोत्सव संचालन हुने भएको हो । यस वर्ष वडा नं. ९ कपिलधाम स्थित थारु कल्याणकारीणी सभा नगर कार्य समितीको प्रांगणमा महोत्सव संचालन हुने नगर सभापती नाथुराम थारुले जानकारी दिनुभयो ।

माघी एवं नया वर्ष खिचडि महोत्सवका अवसरमा थारु जातीको खानाका परिकार ढिकरी, घोङी, पटुसनी, पकौडी, खंरिया, बरिया लगायत पराम्परागत खानाका परिकारका स्टलहरु राखिनेछ भने थारु जातीको भेषभुसा संरक्षणका लागि विभिन्न झांकीहरु समेत प्रदर्शन गरिने छ ।

यस्तै टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि दबाब स्वरुप विभिन्न कार्यक्रम गरिने समेत बताइएको छ ।

प्रतिक्रिया

खबर सबै