नेपाली कांग्रेसले दियो बाणगंगाका प्यारालाइसिस पिडित चौधरीलाई ह्विल चियर

कपिलवस्तु ।


नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित टोल समितिले वडाका एक प्यारालाइसिस पिडित व्यक्तिलाई ह्विल चियर प्रदान गरेको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ राजपुर नेपाली कांग्रेस टोल समितिको आयोजनामा
प्यारालाइसिसका बिरामी शंकर चौधरीलाई ह्विल चियर सहयोग प्रदान गरेको हो ।

प्यारालाइसिसका बिरामी चौधरी पछिल्लो एक वर्ष देखि यो रोगबाट पिडित हुनुहुन्छ । करिब ३६ वर्षिय चौधरीलाई उहाँकै निवास राजपुरमा कार्यक्रम आयोजना गरि नेपाली कांग्रेसले ह्विल चियर प्रदान गरेको नेपाली कांग्रेस क्षेत्रीय उप सभापति कृष्णमुरारी ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रममा कांग्रेस टोल समितिका सभापति जिवलाल पौडेलको सभापतित्थ सहित क्षेत्रीय उप सभापति कृष्णमुरारी ज्ञवालीको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै सचिव सरस्वती गैरेको सञ्चालन रहेको कार्यक्रममा नेपाली कांग्रेस वडा सभापति हिमबहादुर कार्की, क्षेत्रीय सह सचिव खिमानन्द घिमिरे, वडा उप सभापति च्ुरामणी अर्याल, वडा सचिव रेशम जिसी, वडा सह सचिव बिष्णुमाया सोमै, महाधिवेशन प्रतिनिधि गुणलक्ष्मी ज्ञवाली लगाएतको उपस्थि रहेको थियो ।

प्यारालाइसिस रोगबाट पिडित चौधरीको दैनिकीलाई केही भए पनि सहज होस भनि ह्विल चियर प्रदान गरिएको नेपाली कांग्रेस टोल समितिले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै