

कपिलवस्तुको बुद्धभुमिले स्थानीय पाठ्यक्रम बनाउने





कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको गर्ने भएको छ । पालिकाले पाठक्रममा समेटिने विषयवस्तुको विषयमा समुदायबाट सूचना संकलन गरी सरोकारवाला सँग छलफल गरेको छ ।
पालिका भित्रका कला संस्कृति, रहनसहन, परम्परा, सिप, धार्मिक महत्व, पुरातात्विक सम्पदाको ज्ञान दिने गरी पाठ्यक्रम निर्माण गर्न लागिएको छ ।
स्थानीय तहलाई झल्काउने र पहिचान दिने कुरामा चनाखो भएर काम गर्नु पर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । मेयर श्रेष्ठले महत्वपुर्ण स्थान, सकार र सस्कृतिहरु छुट्न गएका भए अझै पनि परिस्कृत गर्दै लौजानु पर्ने बताए ।
पालिकाले पाठ्यक्रममा समावेस गरेका विषय वस्तुको जानकारी गराएको थियो। पाठेक्रममा समावेस गरेका विषय वस्तुको पाठ्यक्रम निर्माण समितिका सदस्य शिशिर अर्याल, मोहन गौतम र लिल बहादुर रावतले प्रस्तुतिकरण गरेका थिए ।जिल्लामा हाल सम्म बाणगंगा नगरपालिकाले मात्र स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया