

कपिलवस्तुमा अध्यादेश प्रमाणीकरणको माग गर्दै प्रदर्शन





कपिलवस्तु । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै कपिलवस्तुको चारनम्बरमा प्रदर्शन गरिएको छ । सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै बाणगंगाको चारनम्बरचोकमा थारु समुदायले प्रदर्शन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै थारुहट/थारुवान संयुक्त संघर्ष समिति कपिलवस्तुका संयोजक समेत रहेका थारु कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर थारुले रेशम चौधरीलगायतका आरोपित व्यक्तिहरु निर्दोष रहेको दाबी गरे । उनले टीकापुर घटनाको सम्बन्धमा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने बताए ।
यस्तै थारु कल्याणकारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा कुमारी थारुले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणिकरण हुनुपर्नेमा जोड दिईन् । उनले टीकापुर घटनाको सम्बन्धमा विभिन्न मितिमा कार्यदल गठन गरि सहमति पत्रमा हस्ताक्षर भएता पनि कार्यान्वन नभएकोमा आपत्ति जनाईन् । थारु समुदायको हक हित र अधिकारका लागी टिकापुर आन्दोलन भएको दाबी गर्दै उनले भनिन्, ‘राज्य पक्षबाट नै टिकापुर घटना भएको हो । त्यसमा मुख्य दोषीलाई छाडेर निर्दोषलाई सजाय दिईएको छ ।’
थारु कल्याणकारिणी सभा बाणगंगाका पुर्वअध्यक्ष भग्गुप्रसाद थारुले सरकारले हालै ल्याएको अध्यादेशमा नेकपा (एमाले) ले द्वेध चरित्र देखाएको आरोप लगाएका छन् । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै उनले आफूले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनि एमालले द्वेध चरित्र प्रदर्शन गरेको बताए । थारु कल्याणकारिणी सभा कपिलवस्तु र थारुहट÷थारुवान संयुक्त संघर्ष समिति कपिलवस्तुले आयोजना गरेको उक्त कार्यक्रममा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति थियो । उनीहरुले अध्यादेश अविलम्व प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया