

लमही-घोराही-तुलसीपुर चार लेन सडक बनाउन नेकपाको माग

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले लमही(घोराही(तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही(घोराही(तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लमही(घोराही(तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । सम्बन्धित सरोकारवाला निकायको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । सम्बन्धित परियोजना, निर्माण व्यवसायी, सरकारी निकाय यस विषयमा जिम्मेवारीपूर्ण रुपमा सडक निर्माणमा लागून् ।’


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर










प्रतिक्रिया