

लमही-घोराही-तुलसीपुर चार लेन सडक बनाउन नेकपाको माग



दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले लमही(घोराही(तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही(घोराही(तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लमही(घोराही(तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुःख पाउनुका साथै सडकको धुलोले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । सम्बन्धित सरोकारवाला निकायको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रति नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । सम्बन्धित परियोजना, निर्माण व्यवसायी, सरकारी निकाय यस विषयमा जिम्मेवारीपूर्ण रुपमा सडक निर्माणमा लागून् ।’


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा








प्रतिक्रिया