

बाणगंगाकाे फाेहाेर : नगरकाे चर्को आलोचना





कपिलवस्तु । अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन र त्यसको नष्ट गर्ने परिपाटी प्रति नागरिकस्तरबाट वाणगंगा नगरपालिकाको चर्काे आलोचना भएको छ । थुपारिएको फोहोरमा आगो लागेर वातावरण प्रदूषित बनेसंगै वाणगंगामा फोहोर ब्यवस्थापनको विषयमा गंभिर बहस शुरु भएको छ ।
कतिपयले यसलाई नगरको कमजोरी ठानेका छन् कतिले जिम्मा लिने ठेकेदार कम्पनीको लापरवाही हो भनेका छन् । जे होस फोहोर जलेर प्रदूषण बढेपछि यसले सृजना गरेको विवादले आरोप प्रत्यारोपको रुप लिएको छ ।
कपिलवस्तुका १० पालिका मध्ये अहिले सम्म कुनैमा पनि फोहोर प्रसोधन गर्ने डम्पिङ साइट सञ्चालनमा आउन सकेको छैन् । सहरबजार गाउवस्तीबाट उठाइएको फोहोरलाई जङगल, नदि किनार र बाटोको किनारमा लगेर थुपार्ने बाहेक अरु खासै उल्लेखनिय प्रगति हुन सकेको छैन ।
पहिलो कार्यकालमा फोहोर ब्यवस्थापन गर्न असफल पालिकाले वैशाख ३० गते नयाँ जनप्रतिनिधि पाए पनि यस’bout ठोस निर्णय गरेका छैनन । यता वाणगंगाले फोहोर संकलन गर्न एक निजी कम्पनीलाई जिम्मा दिएको छ । त्यस यता केहि काम पनि भएका छन् तर पछिल्लो पटक थुपारिएको फोहोरमा आगजनी भएपछि यसको जिम्मा लिने विषयमा कोही पनि तयार भएनन् ।
ठेक्का दिनु पूर्व देखि नै नगरपालिका भरीको फोहर वाणगंगा नदी पुल नजिक डम्पिङ हुने गरेको थियो । त्यही फोहोरमा केहि दिन अघि रातीको समयमा आगजनी भएपछि राजमार्ग क्षेत्र र स्थानीय टोल बस्ती प्रदूषणको चपेटोमा परेको छ । जसवाट शुरु भयो फोहोर माथिको आरोप प्रत्यारोप ।
बाणगंगा ८ का स्थानीय डिआर न्यौपानेले पहिला देखिको फोहोर उचित ब्यवस्थापन हुन नसक्दा र कसले आगो लगायो स्पष्ट नहुँदा नगरमाथि स्थानीयले आरोप लगाउने स्थिती आएको बताए ।
फोहरको उचित व्यवस्थापन नभएपछि दिन प्रतिदिन दुर्गन्धले निकै समस्यामा पारेको स्थानीयको भनाई छ । बुधवार फोहोरको ठुलो थुप्रोमाथि एक्कासी आगो लागेपछि वडा नम्बर १ र ८ जोड्ने वाणगंगा पुल वरिपरिको वायुमण्डल प्रदुषित भयो भने त्यसले स्कुल कलेज जाने विद्यार्थीदेखि स्थानीयलाई समेत प्रभावित पारयो । नगरपालिकाको इच्छा शक्तिको अभावले गर्दा फोहोर व्यवस्थापन हुन नसकेको शिद्धार्थ क्याम्पसका प्रध्यापक रमेश चन्द्र भुषालको आरोप छ ।
फोहोरलाई मोहर बनाउने योजना लागु नहुदा बास्तवमै फोहोर व्यवस्थापन स्थानिय सरकारको निम्ति एउटा टाउको दुखाईको विषय हुदै आएको छ । अहिले फोहोर व्यवस्थापन स्थानीय तहको मुख्य चुनौति बन्न पुगेको छ । यो चुनौति सामाना गर्नका लागि फोहोरलाई प्रसोधन गर्ने र फोहोबाट मोहोर निकाल्ने योजना नै कार्यन्वयनमा ल्याउन जरुरी छ । कपिलवस्तुको वाणगंगाले मात्रै होईन लुम्बिनि प्रदेशका १०९ पालिका मध्ये खास गरि तराईका पालिकाले यस्तै फोहोर व्यवस्थापन र फोहोर प्रसोधनको समस्या झेल्दै आएका छन् ।
स्थानीय सरकारले फोहोर प्रशोधन गर्ने र त्यसलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्न अग्रसरता नदेखाएका कारण देशका विभिन्न गाँउ शहरमा लामो समयसम्म फोहोर थुप्रिने समस्या दोहोरिने गरेको छ । फोहोर व्यवस्थापन गर्ने स्थानीय तहको प्रमुख जिम्मेवारी हो ।सघाउने काम जनताको दायित्व हो । तर यसलाई उनीहरूले अझै प्राथमिकता दिन सकेका छैनन् । यस्तै अवस्था कायमै रहे फोहोर माथिको फोहोरी राजनीति र आरोप प्रत्यारोपको श्रृंखला जारी नै रहनेछ । नगरवासीले यस्तो अवस्थाको अविलम्व अन्त्य खोजेका छन् तर स्थानीय सरकारले समाधान कहिले दिन्छन् उनीहरुले नै जानुन ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया