

बदर मत २०४८ यताकै बढी



काठमाण्डौँ
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयो गले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गर मतपत्र तयार पारे पनि आयो गले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन ।
२०४८ यताका निर्वाचनमा २०७९ मङ्सिर को निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो ।
जिल्लागत आधार मा हेर्दा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकमा ७।४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९।४५ प्रतिशत मत बदर भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाले भन्नुभयो , “बदर मतको प्रतिशत सो चे भन्दा पृथक नै आयो , कारण खोतल्न सके का छै नौ ।” प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५।१९ प्रतिशत मत बदर भएका छन् ।
२०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समग्रमा ५।१८ प्रतिशत मत बदर भएको थियो । प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६।५५ प्रतिशत छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ ५।०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४।०७ प्रतिशत मत बदर भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया