

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदै





काठमाण्डाै – मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव–२०७९ को अन्तिम नतिजा घोषणा गर्न लागेको हो ।
दिउँसो १ बजे पत्रकार सम्मेलन गरी अन्तिम नतिजा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चुनावको अन्तिम नतिजासहित प्रतिवेदन पेस गर्ने तयारी समेत गरेको छ ।
साथै, भोलि नै समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० समानुपातिकतर्फबाट तथा सात वटा प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिकतर्फबाट सांसद चयन हुने व्यवस्था छ ।
यसैबीच निर्वाचन आयोगको दोस्रो पत्र अनुसार नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेस प्रदेशको उम्मेदवार छनोट गर्ने निर्णय गर्दा गरेको त्रृटि सच्याएको छ । एमालेलाई त्रृटि सच्याउन आयोगले गरेको आग्रहमा पुनः त्यही सूची नै पठाएपछि हिजो आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न सकेन ।
एमालेले प्रदेश १ को अल्पसङ्ख्यकतर्फ लहरूमाया जिमी (याक्खा) नामको सट्टा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसङ्ख्यकको प्राथमिकता क्रम सङ्ख्या ८ को यशोदा कायस्थको नाम कायम गर्न आग्रह गरेको छ । त्यसैगरी मधेस प्रदेशतर्फ शीला यादवको सट्टामा राजपतिदेवी जैसवाल र नाजिमा खातुनको सट्टामा जैनव खातुनको नाम कायम गरिदिन एमालेले आयोगलाई आग्रह गरेको छ ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया