

गुरु सम्मान तथा पुर्नमिलन कार्यक्रम सम्पन्न


रामबहादुर गन्धर्व,कपिलवस्तु । अर्घाखाँचीको ज्योति माध्यमिक विद्यालय ठाडाबाट वि.सं. २०३५ सालमा एसएलसी परीक्षामा सम्मलित १४ जना शिक्षक तथा विद्यार्थीहरुले कपिलवस्तुको बाणगंगामा पुर्नमिलन कार्यक्रम गरेका छन् ।
सोमबार कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं.६ स्थित धार्मिक पर्यटकीय स्थल लक्ष्मणघाटमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले पाँच जना गुरूहरूलाई दोसल्ला सहित मायाको चिनो प्रदान गरि सम्मान समेत गरेका छन् ।
झन्डै साढे चार दशक पछिको पुर्नमिलन कार्यक्रममा ठाडा स्थित ज्योति माविका तत्कालीन प्रधानाध्यापक दीपक टण्डन, ज्येष्ठ शिक्षक लक्ष्मीनारायण पाण्डे, महेन्द्र मा.बि.कोपवाका पूर्व प्रधानाध्यापक इन्द्रबहादुर कोइराला, शिक्षक रामहरि पंन्थी र उमाकान्त शर्मालाई सम्मान गरिएको हो ।
ज्येष्ठ शिक्षक लक्ष्मीकान्त पाण्डे र कनिष्ठ शिक्षक नारायण अधिकारी सहित १९ जनाको सहभागीता रहेको कार्यक्रममा उनीहरुले चारदशक पछिको पुर्नमिलनले आत्मिय सम्बन्ध स्थापनामा बल पुगेको बताएका छन् । यस्तै तत्कालिन समयमा आफूहरुलाई शिक्षा दिएका शिक्षकहरुलाई समेत सम्मान गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
कार्यक्रम शिक्षक तारापति बि.सी.को अध्यक्षता र बिधार्थी शिक्षक निम बहादुर ओलिको सञ्चालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया