

कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन





कृष्णनगर / मांसिर २४ । कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान आज सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगाएत संघ संस्थाको सहकार्यमा समापन भएको हो। १६ दिने अभियानलाई कृष्णनगरको लिंकगेटमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।
कार्यक्रम कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षता तथा भन्सार कार्यालय कृष्णनगरका अधिकृत ठाकुर गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको थियो।
कार्यक्रमलाई संबोधन गर्दै भन्सार कार्यालय कृष्णनगरका अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी ठाकुर गौतमले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नहुने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिदै अपराध गर्नेले उन्मुक्ति पाउन नहुने बताउनुभयाे l
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्णनगरका वरिष्ठ प्रहरी नायब निरिक्षक दामोदर डागी, अस्थायी चेक पोष्ट लिंकगेटका वरिष्ठ प्रहरी नायब निरिक्षक शिव ओली, कविराज नागेश्वर मिश्र लगायत ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो
सशस्त्र प्रहरीका सालिकराम, कार्यपालिका सदस्य ज्योति कोरी, विकाश श्रीवास्तव, पंकज गुप्ता लगायत समाजसेवी, पत्रकार, लगायत अन्यको सहभागिता रहेको थियोl
कार्यक्रम संचालन कृष्णनगर नगरपालिका महिला शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुुुभयाे ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया