

अर्घाखाँचीबाट हराएकी किशोरीको दिल्लीबाट उद्वार


नेपालगन्ज । डेढ महिनादेखि हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट शुक्रबार उद्धार गरेर नेपालगन्ज ल्याइएको छ । अर्घाखाँचीबाट हराएकी ती किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो ।
दिल्लीको कोत्ला मुवारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको हो ।
गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशोरी शान्ति पुनर्स्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।
उनका अनुसार दिल्ली प्रहरीका डिसीपी एम.एस.चन्दन चौधरीको निर्देशन र कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशोरीलाई फकाएर भारत पुर्याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।
किशोरीका अभिभावकले खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनर्स्थापना केन्द्र बाँकेमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा भारतको नयाँ दिल्लीमा युवा–युवतीलाई फेला पारिएको थियो ।
भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न दस दिन लागेको थियो ।उद्धार गरिएकी किशोरीलाई परिवारको जिम्मा लगाउने तयारी भएको शान्ति पुनर्स्थापना गृह बाँकेका संयोजक निर्मल सुवेदीले सुनाए ।
चिनजानपछि सामाजिक सञ्जाल मार्फत कुरा हुँदै जाँदा किशोरीलाई प्रलोभनमा परेर दिल्ली पुर्याइएको अनुसन्धानबाट खुलेको छ । कान्तिपुरबाट ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया