

कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ



काठमाडौं
सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ ।
बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए ।
मेयर कार्कीले धरान उपमहानगरपालिकाको योजनालाई पूर्ण रूपमा सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
औपचारिक रूपमा दुई छिमेकी पालिकाका प्रमुखको तेस्रो पटक भएको भेटमा खानेपानीसहित अन्य विषयमा समेत छलफल भएको बराहक्षेत्र नगरपालिका सूचना अधिकृत पुकार पोखरेलले बताए ।
धरान उपमहानगरका मेयरले चतराबाट पानी धरान लैजाने योजनालाई दुईवटा पालिकाको संयुक्त कार्यक्रम रूपमा लैजानुपर्नेमा जोड दिएका थिए ।
पानीसहित फोहोर व्यवस्थापन, सडक पूर्वाधार, धार्मिक सर्किट लगाएका विषयमा बराहक्षेत्र नगरपालिकासँग सहकार्य गरेर काम गर्ने धरानका मेयर साम्पाङले बताए । बराहक्षेत्र नगरपालिकामा छलफल लगत्तै दुवै मेयरसहित टोली सप्तकोसीमा पनि पुगेका थिए ।
मेयर साम्पाङकोशीबाट पानी धरान ल्याउन लिफ्ट गर्ने स्थान’दयगत बराहक्षेत्रका मेयर कार्कीलाई स्थलगत निरीक्षण पनि गराए । छलफल तथा अवलोकनमा धरानबाट मेयर साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहितको टोली पुगेको थियो ।
यो खबर आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया