

सबै जनताले मानव अधिकार पाएको महशुस गर्न सकेनन् : उपराष्ट्रपति पुन





काठमाडौं
उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् । बिहीबार काठमाडौंमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताए । उनले सबै जनताले मानव अधिकार पाएको महशुस गर्न नसकेको बताए । उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताए ।
उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताए । उनले भने, ‘मानव अधिकार उल्लंघनका घटनाहरु रोकिएका छैनन् । जनताले सम्पूर्ण मानव अधिकार पाएको महशुस गर्न सकिरहेको अनुभुति हुँदैन । मानव अधिकार सबैका लागि हो । र वास्तविक अर्थमा मानव अधिकार आवाज बिहीन, शोषित, उत्पीडित, सिमान्तकृत र राज्यले पछाडी पारेका जाति र वर्गहरुका लागि हो ।’
उनले थपे, ‘मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतीका लागि हो । जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिवी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन । यि सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ । मानव अधिकारका प्रत्याभुतिका लागि कानूनी व्यवस्थाहरुको पूर्ण लागू गर्न आवश्यक छ । म त्यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्नेछ । ति सरकारहरुले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रहरुमा, सुशासनका क्षेत्रहरुमा राम्रो काम गर्ने छन् भन्नेकुरा पनि म विश्वास लिएको छु । अर्थात् सुशासनका क्षेत्रमा पक्कैपनि आजका दिनभन्दा आगामी दिनहरु अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगती हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ ।’
उनले विकास र समृद्धिका लागि पनि दुवै तहको सरकारले काम गर्नुपर्ने बताए ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया