कति समयसम्म टिक्ला विश्वकपमा खेलाइने फुटबलको ब्याट्री ?

काठमाडौं

जारी फिफा विश्वकपमा अहिलेसम्मकै विकसित फुटबल प्रयोग गरिएको छ । मोसन सेन्सर भएको उक्त एएल रिह्ला बल आडिडासले निर्माण गरेको हो । विश्वकपमा प्रयोग भएको यो फुटबल हरेक खेलअघि चार्ज गर्नुपर्ने हुन्छ । यसलाई चार्ज गर्न गर्न राखेको फोटो भाइरल नै भएको थियो ।

एएल रिह्ला बलमा हाइ टेक मोसन सेन्सर रहेकाले उक्त सेन्सर चार्ज गरिरहनु पर्छ । उक्त सेन्सर सानो ब्याट्रीद्वारा सञ्चालित छ । जो फुल चार्ज हुँदा प्रयोग गरिरहेको अवस्थामा छ घण्टा र प्रयोग नगर्दा १८ दिनसम्म टिकाउ हुने कम्पनीको भनाइ छ । यस सेन्सरले वास्तविक समयमा बल ट्रयाक गर्छ ।

स्टेडियममा भएका क्यामेरासँग सहकार्य गर्दै यस सेन्सरले रेफ्रीलाई अफसाइड भए नभएको जानकारी दिन्छ । बललाई लात हान्यो, हेडिङ गर्‍यो वा थ्रो गर्यो भने उक्त सिस्टमले त्यहाँबाट प्रति सेकेन्ड ५०० डेटा भीएर (Virtual Assistant refree) रूममा पठाउँछ ।

सेन्सरबाट रियल टाइम (वास्तविक समय) मा लोकल पोजिसिनिङ सिस्टम (एलपीएस) मा डेटा पठाइन्छ । जसमा स्टेडियमको वरिपरि स्थापित नेटवर्क एन्टेनाहरूको सेटअप समावेश हुन्छ । यसले डेटालाई तत्काल प्रयोगको लागि स्टोर गर्ने गर्छ ।

यदि खेल्दा खेल्दै कुनै बल बाहिर गयो र नयाँ बल प्रयोग गर्नुपर्यो भने नयाँ बलको सेन्सर स्वतः एक्टिभेट हुन्छ र व्याकेण्ड सिस्टममा केनक्ट हुन्छ । गत सोमबार पोर्चुगल र युरुग्गेबीचको खेलमा एउटा गोल रोनाल्डोले हेडिङ गर्दा भएको भन्ने कुरा आएको थियो । तर, तत्कालै बलकै सेन्सरका कारण उक्त बल रोनाल्डोले हेडिं नगरेको पुस्टि भएको थियो ।

स्लो मोसनमा भिडिओ प्ले गर्दा पनि उक्त गोल रोनाल्डोको हेडिङले भएको हो/होइन भन्ने कुरा छुट्याउनै मुस्किल परेको थियो । पछि सेन्सरले नै बल फर्नेडिसले गोल गरेको पुस्टि गरेको थियो ।

-टेकपानाबाट

प्रतिक्रिया

खबर सबै