

पाेर्चुगलकाे गाेलवर्षा, स्विजरल्याण्ड बिरुद्ध फराकिलो जित


फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा पोर्चुगलले स्वीटजरल्याण्डमाथि फराकिलो जित निकालेको छ। लुसइल स्टेडियममा सम्पन्न खेलमा स्वीटजरल्याण्डमाथि ६-१ गोलको फराकिलो जित निकाल्दै पोर्चुगलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
दक्षिण कोरियाविरुद्धको खेलमा सब्सिच्युड गर्दा खराब हाउभाउ देखाएको भन्दै आफ्नै प्रशिक्षकबाट आलोचना खपेका पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमै रहे। उनको स्थानमा खेलेका गोन्जालो रामोसले भने ह्याट्रिक पुरा गरे। रामोसले १७, ५१ र ६७ औं मिनेटमा गोल गर्दा पेपेले ३३, राफेल गुएरिएरोले ६५ र राफेल लेओले इन्ज्युरी समयमा गोल गरे। अर्कोतर्फ स्वीटजरल्याण्डका म्यानुअल अकान्जीले ५८ औं मिनेटमा सान्त्वना गोल फर्काए।
रोनाल्डोसँग प्रशिक्षक चिडिएको समयमा उनकै स्थानमा मैदान प्रवेश गरेका २१ वर्षे युवा स्ट्राइकरको प्रदर्शन भने सानदार रह्यो। अघिल्लो खेलमा दक्षिण कोरियासँग खेल्दा कप्तान रोनाल्डोको ब्यवाहारलाई लिएर पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले आलोचना गरेका थिए। रोनाल्डो ७३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।
समूह चरणको खेलमा घाना विरुद्ध गोल गरेका रोनाल्डोले पछिल्ला दुई खेलमा उत्कृष्ट भूमिका निभाउन सकेका थिएनन्। त्यस्तै दक्षिण कोरियाविरुद्धको खेलमा प्रशिक्षकले उनलाई सब्सिच्युड गराएका थिए। तर, यसमा यसमा आफू असन्तुस्ट रहेको हाउभाउ रोनाल्डोले दिएका थिए। त्यसको तीन दिनपछि प्रशिक्षक सान्टोसले रोनाल्डोको व्यवाहारलाई लिएर आलोचना गरेका थिए।
जितसँगै पोर्चुगलले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। क्वाटरफाइनलमा पोर्चुगलको प्रतिद्वन्दी मोरोक्को हुनेछ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया