

रोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जिप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो । उक्त जिप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामाग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।
जिप अनियन्त्रित भएर खोलामा खस्दा जिपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् । उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ । जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने शवको पोस्टमार्टम गर्न अस्पतालमा लैजान परिवारले तयारी थालेको प्रहरीले जनाएको छ । स्थानीयले मृतक कवरलाई युवा धामीका रूपमा चिन्थे । सल्लिबोटस्थित शिक्षक भूपबहादुर केसीले कवर समाजमा सकारात्मक कार्यका लागि अग्रसर हुने मध्येका रेहको बताए ।
घटनास्थलमा जिल्ल प्रहरी र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया