

दाङमा ७० वर्षीय घर्तीमाथि खुकुरी प्रहार


दाङ : दाङको तुलसीपुरमा एक जेष्ठ नागरिकमाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर–३ सिस्नेरी निवासी ७० वर्षीय विजुली घर्तीमाथि खुकुरी प्रहार भएको हो ।
सामान्य विवादलाई लिएर स्थानीय जितबहादुर घर्तीले गयराति खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट विजुलीकोे टाउकोमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया