

दाङमा ७० वर्षीय घर्तीमाथि खुकुरी प्रहार



दाङ : दाङको तुलसीपुरमा एक जेष्ठ नागरिकमाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर–३ सिस्नेरी निवासी ७० वर्षीय विजुली घर्तीमाथि खुकुरी प्रहार भएको हो ।
सामान्य विवादलाई लिएर स्थानीय जितबहादुर घर्तीले गयराति खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहारबाट विजुलीकोे टाउकोमा गहिरो चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने जीतबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया