

भनेका बाचा पुरा गर्ने दाङबाट निर्वाचित सांसदको प्रतिवद्धता

दाङ । दाङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताका आशा र चुनावअघि आफुहरुले गरेका बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । बिहीबार संयुक्त निर्वाचन परिचालन समिति दाङले गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३ र प्रदेश सभा सदस्यमा निर्वाचित ६ जना सांसदहरुले मतदाताहरूलाई धन्यवाद दिँदै जनताका आशा र आफ्ना बाचा पुरा गर्ने प्रतिवद्धता दोहोर्याएका हुन् ।
कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ का सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङवासीले महसुस गर्नेगरी सम्बृद्धि र विकासका दीर्घकालीन योजना ल्याउने बताए । ‘हामीबाट दाङले धेरै आशा राखेको छ । जसलाई पुरा गर्नेछौँ । जनताप्रति सदैव उत्तरदायी बन्दै यहाँको सम्बृद्धिका लागि काम गर्छु’, गिरीको भनाइ छ ।
नेकपा माओवादी केन्द्रकी नेतृ तथा दाङ क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेखा शर्माले दाङमा अलपत्र परेको विकासलाई पूर्णता दिदै जनताका हरेक दुखसुखको सारथी बन्ने बताइन् । उनले फोर लेन सडक निर्माणलाई तीव्रता दिन पहल गर्ने , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा सेवा र शिक्षा तत्काल सञ्चालन गर्ने, टरिगाउँ विमानस्थल स्तरोन्नतीका लागि पहल गर्ने, हरेक गाउँलाई शहरसँगै जोड्दै ग्रामीण वस्ती विकास गर्ने बताइन् । ‘भोट माग्दा जनताका आशा थुप्रै भेटिएका छन्, हामीले ती आशा पुरा गर्ने बाचा गरेका छौं । जनताले भोट दिए, अब हामीले विकास र समृद्धि दिनेछौं’, शर्माको भनाइ छ ।
क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मेटमणी चौधरीले प्रदेश राजधानी व्यवस्थापनका लागि खेल्नुपर्ने भूमिका, सीमा क्षेत्रको विकास र देउखुरीलाई नमुना शहर बनाउन पहल गर्ने बताए ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया