

ज्ञान ज्योति शिक्षा सदनले मनायो १४औं बार्षिक उत्सव


रामबहादुर गन्धर्व,कपिलवस्तु । कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बाणगङ्गा नगरपालिका ६ बैदौली कपिलवस्तुले आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार एक समरोहका बिच सम्पन्न गरेको छ।
वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बाणगङ्गा नगर उपप्रमुख रिता चौधरीले कपिलवस्तु ज्ञानज्योति शिक्षा सदन जिल्ला कै नमुना बिद्यालय रहेको बताउदै संस्कार ,संस्कृति, वेषभुसा र परम्परा लाई जर्गेना गर्नु सबैको दायित्व रहने बताउनुभयो ।
विद्यालयका पुर्व सहायक प्र.अ.ओमप्रकाश पौडेललाई सम्मान समेत गरिएको छ कार्यक्रममा विभिन्न कला सांस्कृति झल्काउने नृत्य समेत प्रस्तुत गरिएको थियोे भने प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका छात्रा छात्रहरूलाई पुरस्कार पनि हस्तान्तरण गरिएको छ।
कार्यक्रममा विद्यालयको गुणस्तर प्रति प्रशंसा गर्दै शैक्षिक सफलताको शुभकामना ब्यक्त गरेका थिए । सम्पूर्ण शेयर सदस्य ,शिक्षक,अभिभावक ,स्थानीय समाजसेवी ,बुद्धिजीवी ,शुभेच्छुकहरूको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रम युवराज पोख्रेलको अध्यक्षता, वडा न.६का वडाध्यक्ष करूण टन्डनको बिशिस्ट आतिथ्यता बिद्यालयका ब्यस्थापक प्रकाश बि.क.को सञ्चालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया