

तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा





काठमाडौं : हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् ।
जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् । मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट पाँच सिटमा विजय हासिल गर्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो ।
अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गरेको थियो । तर सो पार्टीले यसपटक कतै जित हासिल गर्न सकेन । यसपटक बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टीले पहिलोपटक प्रतिनिधित्व गरेको छ ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सात स्थानमा विजयी हासिल गरे पनि प्रदेश सभामा भने शून्य छ । सो पार्टीले प्रदेश सभामा भागै लिएन । लामिछानेले प्रदेशतर्फको मतपत्रमा संकेत चिन्हसमेत लगाएनन् ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया