

समानुपातिक मत : माओवादीलाई पछि पार्दै घण्टीले लियो अग्रता



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी फेरी तेश्रो स्थानमा चढेको छ । नेकपा (माओवादी केन्द्र) लाई चौथो स्थानमा झार्दै यो पार्टीले मत बढाएको हो ।
निर्वाचन आयोगले राखेको तथ्यांकमा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार ७६ मतका साथ माओवादी केन्द्रभन्दा अघि लागेको हो । माओवादी केन्द्रले भने १० लाख ५१ हजार १ सय ४३ मत ल्याएको आयोगको तथ्यांक छ ।
अहिलेसम्म ९२ लाख २७ हजार ५४ समानुपातिक मतको गणना सकिएको आयोगले जनाएको छ । सुरुदेखि नै पहिलो एमालेले अहिलेसम्म २५ लाख १६ हजार ५ सय ९२ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८५ हजार १ सय ३ मत पाएको छ ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४४ हजार १ सय ४८ समानुपातिक मत ल्याएको छ भने छैटौं स्थानमा जनता समाजवादी पार्टी ३ लाख १७ हजार ४४ मत प्राप्त गरेको छ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया