

समानुपातिक मत : माओवादीलाई पछि पार्दै घण्टीले लियो अग्रता



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी फेरी तेश्रो स्थानमा चढेको छ । नेकपा (माओवादी केन्द्र) लाई चौथो स्थानमा झार्दै यो पार्टीले मत बढाएको हो ।
निर्वाचन आयोगले राखेको तथ्यांकमा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार ७६ मतका साथ माओवादी केन्द्रभन्दा अघि लागेको हो । माओवादी केन्द्रले भने १० लाख ५१ हजार १ सय ४३ मत ल्याएको आयोगको तथ्यांक छ ।
अहिलेसम्म ९२ लाख २७ हजार ५४ समानुपातिक मतको गणना सकिएको आयोगले जनाएको छ । सुरुदेखि नै पहिलो एमालेले अहिलेसम्म २५ लाख १६ हजार ५ सय ९२ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८५ हजार १ सय ३ मत पाएको छ ।
पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४४ हजार १ सय ४८ समानुपातिक मत ल्याएको छ भने छैटौं स्थानमा जनता समाजवादी पार्टी ३ लाख १७ हजार ४४ मत प्राप्त गरेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया