

लुम्बिनी प्रदेशमा एमाले बन्यो पहिलो दल, कुन क्षेत्रमा कसले जिते



बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो ।
एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ ।
नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ । माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् ।
पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी–रुपन्देही २(१),भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुल्सीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१),चिन्तामणि पाण्डे–गुल्मी १(१),डिल्लिराज भुसाल–गुल्मी २(१) दिनेश पन्थी–गुल्मी २(२),.राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारु –पाल्पा १(२) बाट निर्वाचित भएका छन् ।
यस्तै चेतनारायण आचार्य–अर्घाखांची १(२),राजजीप्रसाद घिमिरे–अर्घाखांची १(२),विष्णु पन्थी–कपिलवस्तु १(१),मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२),नवराज लामिछाने–कपिलवस्तु २(१), अर्जुनकुमार केसी–कपिलवस्तु ३(१), तुल्सीराम शर्मा–प्युठान १(१), दुर्गाप्रसाद चौधरी–बांके १(२) र रत्नबहादुर खत्री–बाँके ३(१) बाट निर्वाचित भएका छन् ।
दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), वसिउद्दिन खां–रुपन्देही ४(२), विश्वप्रेम पाठक–नवलपरासी १(१), देवकरणप्रसाद कलवार– नवलपरासी १(२), सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)–प्युठान १(२), अनुराग खड्का–दाङ १(२), राजु खनाल–दाङ २(१), प्रचण्डविक्रम न्यौपाने –दाङ २(२), डिल्लीबहादुर चौधरी–दाङ ३(१) बाट निर्वाचित भएका छन् ।
यस्तै बादशाह कुर्मी–बांके ३(२), धनबहादुर केसी–रुकुमपुर्व १(२), भुवनेश्वर चौधरी–बर्दिया १(१), जन्मजय तिमिल्सेना–बर्दिया २(१), बीरबहादुर राना–पाल्पा २(१), धनेन्द्र कार्की–गुल्मी १(२) र बैजनाथ कलवार जैसवाल–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।
तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१), इन्द्रजित थारु –दाङ १(१), कृष्णा केसी–बांके १(१), तुलाराम घर्ती–पाल्पा २(२) र धनबहादुर मास्की–दाङ ३(२) बाट निर्वाचित भएका छन् ।
यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव–बांके २(१) र आदेशकुमार अग्रवाल–बांके २(२) बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे–रुपन्देही ३(१) र कन्हैया बनिया–रुपन्देही ४(१) बाट निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी–रुपन्देही १(१) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(२) बाट निर्वाचित भएका छन् । नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी–बर्दिया १(२) र धर्मबहादुर चौधरी–बर्दिया २(२) बाट निर्वाचित भएका छन् ।
नयाँ दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता–रुपन्देही ५(२) बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन–रोल्पा १(२), सरुल पुन–रुकुमपूर्व १(१) र खड्ग बस्नेत–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया