

पाल्पा २ (२) मा माओवादी केन्द्रका तुलाराम विजयी



पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलराम घर्तीमगर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी घर्तीमगरले १३ हजार ५१ मत प्राप्त गरेका छन् । घर्ती २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट वाम गठबन्धनबाट विजयी भएका थिए । यसपटक भने एकीकृत समाजवादी, कांग्रेस, जनमोर्चालगायतको गठबन्धनबाट विजयी भएका हुन् । नेकपा माओवादीका पोलिटब्युरो सदस्य रहेका घर्ती तिनाउ गाउँपालिका ३, दोभान क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
क्षेत्र २ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चक्रपाणि पौडेलले ८ सय ९०, मंगोल नेसनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया