

प्राप्त नतिजाले देशमा थप अस्थिरताको संकेत देखियाे : शंकर पाेख्रेल



दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले निर्वाचनको प्राप्त नतिजाले देशमा थप अस्थिरताको संकेत गरेको बताएका छन् । दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएपछि पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने प्रयास असफल भएको बताए ।
‘नयाँ शक्तिहरूको उदय असन्तुष्टि र आक्रोशका रूपमा प्रकट भएको छ। त्यसले मुलुकको राजनीतिलाई स्थायित्वतर्फ लैजाने कुरामा नयाँ प्रकारको चुनौती पैदा भएको छ,’ उनले भने, ‘हामीले विकास र समृद्धिका लागि धेरै राजनीतिक दलहरू होइन बलिया राजनीतिक शक्तिको आवश्यकता पर्छ भनेका थियौँ ।’
उनले त्यसका लागि नयाँ शिराबाट प्रयास गर्नुपर्ने अवस्था र आवश्यकता देखिएको बताए । उनले नेकपा एमालेले मुलुकलाई स्थायित्वतर्फ लैजान गरेको प्रयास जनादेशका दृष्टिकोणले असफल भएको बताए ।
अब आफ्नो ध्यान स्थिर राजनीतितर्फ केन्द्रीत हुने उनको भनाइ थियो ।
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भएपछि महासचिव पोख्रेलले मुलुकको राजनीति र पार्टीलाई थप सुदृढ बनाउने काममा लाग्ने बताए । अब सरकार एजेण्डामा आधारित भएर निर्माण हुनुपर्ने उनको भनाइ छ ।
मुलुकको समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक परेको पोखरेलले बताए । धेरै राजनीतिक दलभन्दा एउटा बलियो शक्ति जरूरी भएको र आफू अब त्यसतर्फ क्रियाशील हुने योजनामा रहेको उनले बताए ।
दाङ २ बाट सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी थिइन् भने एमाले महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए । शर्माले १ सय ९६ मतान्तरले पोख्रेललाई पराजित गरेकी हुन् ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया