
किसानको धान खरीदमा उदासीन सरकार

काठमाण्डौँ
किसानले वर्षभर मेहनत र पसिना बगाएर उब्जनी गरेको धान खरीदमा सरकार उदासीन देखिएको छ । किसानले आफूसँग भएको धानको आधा अंश व्यापारीलाई बेचिसकेपछि समर्थन मूल्य तोकेको सरकारले मूल्य तोकेको ३ सातासम्म पनि धान खरीद गर्ने सुरसार गरेको छैन । सरकारी उदासीनताका कारण देशभरका किसान सस्तै मूल्यमा धान बेच्न बाध्य भएका छन् ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धेरै उत्पादन हुने १० जिल्लाबाट सरकारले तोकेको समर्थन मूल्यमा धान खरीद गर्ने जिम्मा पाएको छ । संस्थाले सधैंजसो धान खरीद गर्ने कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, रूपन्देही, जनकपुर, झापालगायत जिल्लाका अधिकांश किसानले समर्थन मूल्य तोकिनुअघि नै आफूसँग भएको धानको ५० प्रतिशत प्रतिक्वीन्टल १ हजार रुपैयाँसम्म सस्तो मूल्यमा बेचिसकेका थिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया