

विश्वकपमा स्विट्जरल्याण्डको विजयी सुरुवात


काठमाडौँ । क्यामरुनमाथि झिनो जित निकाल्दै विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुवात गरेको छ। शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले सुखद सुरुवात गरेको हो।
दोस्रो हाफको सुरुवातमै गरेको गोल नै उसको जितमा निर्णायक बन्यो। खेलको ४८ औँ मिनेटमा ब्रिल इम्बोलेले गोल गर्दै टोलीलाई महत्वपुर्ण ३ अंक दिलाएका हुन्।
उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा क्यामरुनले रोक्न सकेन।
जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ। यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन्। ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ। ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ।
सन् २०१८ को विश्वकपमा पनि ब्राजिल, स्विट्जरल्याण्ड र सर्विया एउटै समूहमा थिए। त्यतिबेला ब्राजिल विजेता र स्विट्जरल्याण्ड उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गरेका थिए। क्यामरुन भने यसअघिको विश्वकपमा छनोट भएको थिएन।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया