

फिल्म निर्माता तथा निर्देशक रोज राणा प्यूठान (ख) बाट विजयी



प्यूठान। फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय प्राप्त गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले १ हजार ७१२ मत कम अर्थात २० हजार ८०७ मत पाएका थिए । राणा प्यूठान क्षेत्र नं। २ का क्षेत्रीय सभापति पनि हुन् ।
प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, उनले बोर्ड जाने इच्छा देखाएनन् ।
‘दादागिरी’ बाट फिल्म निर्माणमा होमिएका राणाले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका आधा दर्जन बढी फिल्म बनाएका छन् । फिल्म अभिनय समेत गर्ने राणा ‘जय पशुराम’ बाट निर्देशनमा समेत हात हालेका थिए । उनको निर्माण निर्देशन रहेको पछिल्लो फिल्म ‘मेरो पैसा खोइ रु’ हो । उनी अहिले ‘खलनायक २ बनाउने तयारीमा छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया