

धनकुटामा १०१ वर्षीय हर्कमाया अधिकारीले गरिन् मतदान


धनकुटामा १०१ वर्ष उमेरकी ज्येष्ठ नागरिक हर्कमाया अधिकारीले मतदान गरेकी छन् ।
धनकुटा नगरपालिका वडा नं. १० सिद्धदेवी आधारभुत विद्यालयको मतदान केन्द्र उनले मतदान गरेकी हुन् । बिहान करिब ८ बजेतिर उनले मतदान गरेको स्थानीय वलराम दाहालले बताए ।
शारिरीक रुपमा अशक्त रहेकी उनलाई परिवारका अन्य सदस्यहरुले स्ट्रेचरमा बोकेर मतदानस्थल ल्याएका थिए ।
ज्येष्ठ नागरिक अधिकारीको घर मतदान स्थलभन्दा करिब डेढसय मिटरमा छ । तर, त्यहाँको मतदान केन्द्र ज्येष्ठ नागरिक तथा अपाङमैत्री नहुँदा असहज भएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया