कपिलवस्तुमा एक मतदान अधिकृत कारवाही

कपिलवस्तुमा नैतिक आचरण विपरित कार्य गरेका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको छ । जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका वडा नं. ४ मा रहेको गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेद प्रसाद पन्थीलाई जिम्मेवारीबाट पदमुक्त गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय, चन्द्रौटा, कपिलवस्तुुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो ।

पन्थीलाई कार्तिक २२ गतेदेखी मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरितक कार्य गरेको हुनाले मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको क पिलवस्नु क्षेत्र नं ३ का निर्वाचन अधिृकत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्देशिका २०७९ दफा ८३(१) बमोजिम उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी कार्यका लागि खटाइएका मतदान अधिकृत लगायतका सम्पूर्ण कर्मचारीहरुलाई तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न निर्वाचन अधिृकत मरासिनीले निर्देशन समेत दिनुभयो । यदी कसैले नियम विपरित कार्य गरेको पाइए निर्वाचन कानून बमोजिम कारवाही गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै