

४० वटा मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमा ढुवानी गरिँदै



काठमाण्डौँ
दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ । मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिएका छन् ।
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले भने–‘४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेका छौं ।’ सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणना स्थलसम्म ल्याउने छन् । मतपेटिका ढुवानी गर्दा सुरक्षा निकायका सवारी सधान प्रयोग नगर्नेगरी निर्देशिका तयार गरिएको गृह सचिव सिंहले जानकारी दिए ।
‘अन्य गाडी नभएको अवस्थामा मतदान अधिकृतले लिखित आग्रह गरेपछि सुरक्षा निकायको सवारीमा ब्यालेट बक्स राख्न सकिन्छ’ सचिव सिंहले भने–‘तर, ब्यालेट बक्स राखेको सवारीमा मतदान अधिकृत मात्र बस्छन्, सुरक्षाकर्मीले स्कर्ट गर्छन् ।’


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया