

यूएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्ने


काठमाण्डाै
यूएईसँगको तेस्रो तथा निर्णायक एक दिवसीयमा नेपालले पहिला बलिङ गर्दैछ । खेल कीर्तिपुर मैदानमा ९ बजे सुरु हुँदैछ ।
टस हारेको यूएईले पहिला ब्याटिङ गर्नेछ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एक/एक को बराबरी गरेको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । यूएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्व कप खेलेको थियो ।
नेपालले सन् २०१८ मा विश्व कप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रो पटक शृङ्खला खेलेको हो । गएको चैतमा पपुवा न्युगिनी (पीएनजी)सँगको दुई खेलमा नेपाल पराजित भएको थियो ।
आजको खेल जितेमा नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जित्नेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया