

४ मंसिरपछि सदनमा नयाँ मान्छे आउँछन् : रवि लामिछाने





चितवन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ गतेको निर्वाचन पछि संसदको अघिल्लो लहरमा नयाँ मान्छेहरुले प्रवेश पाउने बताएका छन् ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना गरिएको सभालाई सम्वोधन गर्दै लामिछानेले आफूहरु सत्ताको वेन्चमा र अरु दल विपक्षीको बेन्चमा बस्ने बताए । देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल आएको बताउँदै लामिछानेले धेरैको मनमा ब्याण्ड बज्न थालेको बताए ।
उनले देशभरका २४० क्षेत्रमा पार्टीले उम्मेदवार बनाएको बताउँदै धेरै ठाँउमा निर्वाचन जित्ने दावी गरे । उनले देशमा भष्ट्राचारीहरुको कोही पनि दण्डित नभएको नभएकोले अब भष्ट्राचारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिए ।
अमेरिकाको नागरिकता लिएपछि नेपालको स्वतः खारेज भएको नागरिकता देखाएर उम्मेदवारी दर्ता र पार्टी दर्ताको आरोप लागेका लामिछानेले आफूसँग पटकपटक प्रमाण मागिएको बताए ।
‘म सधैं प्रश्नको घेराबन्दीमा परेको छु, मैले बिगारिदिएको के छु र ? जिउँदो भएको प्रमाण पनि कुन दिन मसँग माग्ने हो थाहा छैन’, लामिछानेले भने, ‘मलाई देशै निकाला गर्न खोजेका थिए, मलाई चितवनले बचाएको छ, त्यहीँ भएर चितवन आएको हुँ, अब म सुरक्षित छु ।’ उनले चितवनमा बीउ रोप्न आएको भन्दैं यो देशभरि नै फस्टाउने बताए ।
लामिछानेले ठूला दलका केही नेताले निशुल्क भिसासहितको टिकटको अफर गरेर विदेश पठाउने आश्वासन जनतालाई बाँडेको भन्दैं लामिछानेले आफूले युवालाई स्वदेश फर्काउने बताए ।
‘म एक सय जना युवालाई उनीहरुले जानेको सीपको आधारमा, देशभित्र नै आर्कषक सुविधासहित देशभित्र फर्काउनेछु’, लामिछानेले भने, ‘त्यसका लागि देशका विभिन्न ठाउँमा पोष्टर टाँस्न म आफैं पुग्नेछु ।’
उनले निर्वाचनका क्रममा विभिन्न ठाउँमा चलखेल गरेर रकम बाँड्ने काम गरिएको भन्दै नोटका विटाहरु आफूलाई ल्याएर दिन आग्रह गरे । ‘मुखमा टेप लगाउनुस्, खल्तीमा टेप लगाउनुस्, बैंकमा टेप लगाउनुस्, आफ्ना सुण्डमुण्ड नपठाउनुस्, खुला चुनाव गरौं’ लामिछानेले भने, ‘निर्वाचनमा मत सुरक्षित गर्ने जिम्मा तपाई शुभेच्छुकहरुकै हो ।’
कार्यक्रममा कलाकारहरू किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती लगायतका कलाकारहरुले रवि लामिछानेको पक्षमा मत मागेका थिए ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया