

कपिलवस्तु ३ मा प्रदेशसभातर्फ रोचक चुनावी प्रस्तिपर्धा



कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेशसभा १ मा रोचक प्रस्तिपर्धा हुने भएको छ । आउँदो मंसिर ४ को निर्वाचनमा यो प्रदेश सभामा रोचक प्रतिस्पर्धा हुन लागेको हो । गत बैशाख ३० को स्थानीय तह चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अप्रत्यासित जित निकाले पछि धेरैको चुनावी आंकलन यहाँ फेल खाएको थियो । आउँदो चुनावमा पनि यही हुन सक्ने धेरैको आंकलन छ ।
यो प्रदेश सभामा नेकपा एमालेका अजुर्न केसी, नेकपा माओवादी केन्द्रका एहसान अहमद खाँ, नेकपा एकीकृत समाजवादीका जीवलाल पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्र र राप्रपाका कृष्ण पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।
मुख्यतया यी उम्मेदवार बीच यहाँ प्रतिस्पर्धा छ । यस क्षेत्रका बलिया दुई शक्ति नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले यहाँ उम्मेदवार उठाएका छैनन् ।
०७४ को चुनावमा तत्कालिन बामगठबन्धनबाट एमालेका केसीले चुनाव जितेका थिए । साथमा सूर्य चिह्न लिएर इश्वरदयाल मिश्र चुनावी मैदानमा थिए ।
बाम(गठबन्धन र मिश्रको कारण एमालेले जित निकालेको थियो । अहिले एमालेसंग न गठबन्धन छ न मिश्रको औपचारिक साथ नै ।
पार्टी विभाजनको असरमा परेको एमालेलाई यो पालि जित निकाल्न हम्मे हम्मे छ । यद्यपि आफूहरुको जित सुनिश्चित रहेको एमालेले दाबी गर्दै आएको छ ।
गठबन्धन भित्र एकमन एकता नहुँदा माओवादी र समाजवादीका छुट्टा छुट्टै उम्मेदवारी छ । माओवादीका खानले गठबन्धनबाट टिकट पाए पनि समाजवादीका पौडेल उम्मेदवार बने ।
दुबै उम्मेदवारले गठबन्धनका मत काट्न लागिपरेका छन् । स्थानीय तहको चुनावमा शिवराज नगरपालिकाको मेयर जितेका कारण राप्रपाका पौडेल जित सुनिश्चित रहेको दाबी गर्छन् । लामो समय कांग्रेसको राजनीति गरेका पौडेलले यो निर्वाचनमा धेरै पक्षको मत काट्न अड्कलबाजी छ ।
०७४ मा झिनो मतान्तरले प्रदेश सांसदमा पराजित मिश्रा पनि जित निकाल्ने दौडमा छन् । बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा पनि मिश्रले पाएको मत निकै कम छ । यो दौडमा उनी रहेपनि परिस्थिति सोचे जस्तो छैन् ।
आम मतदाता अनिर्णित जस्तो देखिएका बेला कस्ले यहाँ बाजी मार्छ यसै भन्न सकिने अवस्था छैन् । पहाडीया, मधेसी, मुस्लिम, थारु लगायत जातजातीको मिश्रित बसोबास रहेको यहाँ हरेक चुनावमा नतिजामा अथलपुथल हुने गरेको छ । उत्तरको बैचारिक मत र दक्षिण व्यक्ति केन्द्रित मतलाई जसले आफ्नो पक्षमा पार्न सक्छ उसैले यहाँ सहज जित निकाल्ने विश्लेषण छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै






प्रतिक्रिया