

कुस्माको बिकासको जिम्मेवारी मेरो हो : बलदेव





कार्तिक ३० । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रपाणी खनाल ( बलदेव)ले कुस्माको बिकासको जिम्मेवारी आफुले लिने बताएका छन् ।
कपिलवस्तु १(१) अन्तर्गत पर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ९ (साबिकको निग्लिहवा गाबिसको सबैभन्दा ठूलो गाउँ) कुस्मामा आज आयोजित कोणसभामा बोल्दै बलदेवले कुस्माका पहाड्डी, बैरेनी, भँगैया, हात्तिसार, पिपलडाँडाको समग्र बिकासको जिम्मा आफुले लिने बताएका हुन् ।
यहाँ रहेका कृषि, सिचाइ, स्वास्थ्य, शिक्षा, सुकुम्बासी लगायतका समस्याको समाधानका लागि आफू हरतरहबाट पहल गर्ने उनले बताए ।
कुस्मेली माटो र जनतासङ्ग आफू राम्रोसँग भिजेको बताउदै यहाँका समस्याको सहि पहिचान सहित समाधानको बाटो सहजै पहिल्याएको समेत उनको भनाइ छ ।
कुस्मेली मतदाताले उम्मेदवारले गरेका प्रतिबद्धतालाई कार्यान्वयन पनि गर्नुपर्ने तर्फ ध्यानाकर्षण समेत गराएका थिए ।
यसैगरी बलदेवले निर्वाचन पछिको सरकार बाम-लोकतान्त्रिक गठबन्धनकै बन्ने समेत बताए । सरकार बनेपछि जिल्लाकाे समग्र विकासले गति लिने र अधुरा याेजना समेत प्राथमिकतामा राखि काम गर्ने बताए ।
निर्वाचन परिचालन समिती वडा संयोजक देबेन्द्र पोख्रेलको सभापतित्व रहेको कार्यक्रमको संचालन नेकपा (माओवादी केन्द्र) कपिलवस्तु संयोजक बिष्णु बेल्बासेले गरेका थिए ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया