

कृष्णनगरमा गरियाे नमुना मतदान





कपिलवस्तु, कार्तिक २७ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा रहेको महेंद्र माध्यमिक विद्यालयमानमूना मतदान सम्पन्न गरेको छ ।
जिल्लाका दश वटै पालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गरिए अनुसार कृष्णनगर नगरपालिकामा भएको बताइएको छ ।
मतदानको क्रममा नगरपालिकाको वडा नं ३ कृष्णनगर स्थित महेन्द्र माध्यमिक विद्यालय छेउछाउमा प्रहरीहरू राखिएका थिए । म्यादी प्रहरीहरूले सुरक्षाको व्यवस्था मिलाएका थिए । मतदान प्रक्रिया जसरी सञ्चालन हुन्छ, सोहीअनुसारका सबै प्रक्रिया पूरा गरी नमूना मतदान गरिएको थियो। बीचभागमा मतपत्र खसाल्नको लागि बाकस थियो। लाइनमा केही मानिसहरूलाई राखेर मतदान गर्न लगाइएको थियो । पालैपालो उनीहरूले डोरी टाँगिएको लाइनको घेराबाट गएर मतपेटिकामा मत खसालेका थिए ।
नमुना मतदानमा मतदान कसरी गरिन्छ भन्ने समेत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा मतदान प्रक्रियाको लागि लगभग ५० जना महिला र पुरुष गरी सहभागी भएका थिए। मतदाताले विभिन्न चारवटा मतपत्रमा आफूले रोजेको चिन्हमा छाप लगाएर मतदान गरेका थिए ।
मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनावचिन्हमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन समेत सिकाइएको थियो । यसैगरी निर्वाचनको क्रममा हुने समस्या र समाधानको उपायबारे समेत जानकारी दिनुका साथै अभ्यास गराइएको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी , जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका पदाधिकारी हरू, इप्रका कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेय,सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति थियो। स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको निर्वाचन कार्यालय ले जनाएको छ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया