

पहिला जिताउनुभयो संविधान ल्याए, अब बिकासको लहर ल्याउछु : बलराम अधिकारी


हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारीले अन्य दलको नेतृत्वमा हुंदाको सरकार र एमाले नेतृत्वको सरकार मध्ये जनताको हित हुने गरि काम गरेको सरकार कुन पार्टीको तुलना गर्न आग्रह गर्नुभएको छ । जेसीज कपिलवस्तुले चार नम्बर जितपुर चोकमा आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार अधिकारीले एमाले नेतृत्वको सरकार हुंदा भएका कामको बारेमा स्पष्ट पार्नुभएको छ ।
पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहनुभएका अधिकारीले पहिला संविधान सभाको निर्वाचनमा जितेर संविधान बनाएर आएको र अब आसन्न निर्वाचनमा संघिय सांसदमा जितेपछि विकास लिएर आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एमाले नेतृत्वको सकार हुंदा ३ सय भन्दा बढी कानुनहरु निर्माण गरेको र अझै २ सय कानुन निर्माण गर्न बांकी रहेको स्पष्ट पार्दै गठबन्धन सरकारले कानुन समेत कार्यान्वनयन गर्न नसकेको बताउनुभयो । चार नम्बर देखि सदरमुकाम तौलिहवा जाने सडक कालोपत्रे गर्ने कार्य आफ्नै पहलमा भएको समेत दावि गर्दै अन्य विकास निर्माणका कार्यको बारेमा स्पष्ट पार्नुभयो ।
अधिकारीले एमाले नेतृत्वको सरकार हुंदा विकास निर्माणका काम गरेको र बाहिर हुंदा प्रतिपक्षको भुमिका कुशलता पुर्वक पुरा गरको बताउनुभएको छ । नागरिकका जिज्ञासाको जवाफ दिंदै योजना विना सफल नभईने भन्दै सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या सधैका लागि समाधान आफ्नो विशेष भुमिका रहने बताउनुभयो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया