कपिलवस्तु १ का उम्मेद्धारहरु एउटै मञ्चमा, कसले के–के भने ?

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभामा विभिन्न दल र स्वतन्त्र उम्मेद्धारी दिएका उम्मेद्धारहरुले शनिबार एउटै मञ्चबाट सम्बोधन गरेका छन् ।

कपिलवस्तु जेसिज ले आयोजना गरेको ककस कार्यक्रममा उम्मेद्धारहरुले आफ्ना चुनावी एजेण्डाहरु सहित विगतमा अफुले गरेका कामको संक्षेपिकरण गरे भने नयाँ उम्मेद्धारहरुले आफ्नो उम्मेद्धारी दिनुको कारण खुलाएका छन् ।
कार्यक्रममा नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेद्धार रहेका नेता बलराम अधिकारीले जिल्लाको विकासका लागि आफ्नो उम्मेद्धारी रहेको दाबी गरेका छन् । उनले यस अघि पनि कपिलवस्तुका जनताले आफूलाई राम्रो साथ दिएर संविधान निर्माणका लागि संसद सम्म पु¥याएको भन्दै उनले भने त्यतिबेला तपाईहरुले जिताएर मलाई सांसद बनाउनुभयो, त्यो बेला संविधान बनाउनुपर्ने थियो, हामीले बनायौँ । अब विकास जिल्लाको विकास गर्नुपर्ने छ । त्यसकारण जिल्लाको विकासका लागि मैले उम्मेद्धारी दिएको छु । आफ्नो दल एमाले सरकारमा रहेका बेला कति विकास भए भन्ने जनताले आफै मूल्याङ्कन गरेर मतदान गर्न पनि उनले आग्रह गरेका छन् ।

यस्तै सोही कार्यक्रममा वाम लोक्तान्त्रिक गठबन्धनका साझा उम्मेद्धार चक्रपाणी खनाल बल्देवले कतिलाई विकास भन्ने र केलाई विकास भन्ने आफूले अहिले सम्म नबुझेको बताएका छन् । उनले कपिलवस्तुलाई एक हजारको विकास चाहिको अवस्थामा बल्ल एक सयको विकासको काम भएको पनि स्पष्ट पारेका छन् । सामान्य कुरा र कामलाई बढी प्रचार गरेर विकास गरेको भन्न नसुहाउने समेत उनले बताए । आफू १८ महिना कृषि मन्त्री भएका बेला संघीय सरकारबाट कपिलवस्तुको विकासका लागि अधिक्तम योजना ल्याएको समेत उनको दाबी थियो । यहाँको सडक पूर्वाधार, सिँचाई, खानेपानी लगाएतका क्षेत्रको विकासका लागि महत्वपूर्ण काम भएको पनि उनले दाबी गरे ।

यस्तै प्रतिनिधि सभामा लौरो चुनाव चिन्हबाट उम्मेद्धारी दिएका इन्जिनियर देबेन्द्र कुमार शर्माले हजुरबाहरुले आराम गर्ने र युवा उमेरका नातिहरुलाई पालो दिनुपर्ने बताएका छन् । उनले सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाको विकास के हो आफूले जितपछि देखाउने समेत जिकिर गरे । उम्मेद्धार शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ को फोहोरलाई व्यवस्थित डम्पिङ गरी मलको रुपमा प्रयोग गर्न आफूसँग योजना रहेको र त्यसको ग्यारेण्टी गरी यहाँको हरेक वर्ष हुने मलखादको समस्या निराकण गर्न सकिने समेत उद्घोष गरेका छन् ।

कार्यक्रमा राप्रका का उम्मेद्धार धुब्र बहादुर रायमाझीले नेता इमान्दार हुने हो भने जनताको ठूला अपेक्षा नेताहरुसँग नरहेको आफूले पाएको बताए । निर्वाचनका बेला आफूले गरेको घरदैलोमा जनताबाट नेताहरु बैमानी र झुटा कुरा मात्रै गरेर समय खेर फालेको आरोप आउने गरेको समेत उनको भनाइ थियो । कार्यक्रममा रायमाझीले नेतामा इमान्दारीता र नयाँ सोँच सहितको विकासको परिकल्पना गर्न सके जिल्लाको विकास गर्न खासै समस्या नरहेको जिकिर गरेका छन् । त्यस्तै उनले भ्रष्टाचारको रोकथामका लागि समेत आफूले र आफ्नो दलले कसम खाएको भन्दै भ्रष्टाचार अन्त्य नगरी कुनै पनि क्षेत्रको प्रगति हुन नसक्ने उनले बताए ।

यसैबिच कपिलवस्तु जेसिजले आयोजना गरेको ककस कार्यक्रममा लुम्बिनी प्रदेश सभाका लागि प्रत्यक्ष तर्फबाट उम्मेद्धारी दिएका क्षेत्र नम्बर १ (क) का उम्मेद्धारद्धोय डोलकराम घिमिरे र विष्णु पन्थीले समेत सम्बोन गरेका छन । कार्यक्रममा नेपाली कांग्रेसका उम्मेद्धार घिमिरेले जनतालाई ठूला कुरा गरेर भ्रम सिर्जना गर्नुको साटो आफूले सक्ने र हुने कुरामा मात्रै आशावादी राख्नुपर्ने बताए । उनले आफूले जितेमा राज्यको उच्च अहोदामा रहेका सबै उच्च पदस्त व्यक्तिहरुको सम्पति छानविन हुनुपर्ने विषयमा शसक्त आवाज उठाउने प्रतिबद्धता समेत जाहेर गरेका छन् । उनले भने, चुनाव लड्ने बेलामा भएको सम्पति र सासंद बनेर उच्च पदमा पुगेपछिको सम्पति सार्वजनिक गर्नुपर्छ की पर्दैन, सबैले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्छ ।

सोही कार्यक्रममा नेकपा (एमाले) बाट प्रदेश सभामा उम्मेद्धार बनेका नेत विष्णु पन्थीले यहाँका जनताले जिताएर आफू एकपटक सासंद बनेको भन्दै यो पाँच वर्षको अवधिमा ९० प्रतिशत समय आफूले यहि क्षेत्रमा बिताएको पनि दाबी गरेका छन् । उनले यो आफूले यत्तिकै नभइ बढो सुविचारी ढंगले भनेको समेत स्पष्ट पारे । नेकपमा एमालेले तीन वर्षमा तीनवटा बेजट ल्याएको र त्यो अवधिमा यो क्षेत्रमा १२ वटा ओभरहेट ट्याङ्की, १२५ किलो मिटर बाटो कालोपत्रे, चारवटा महत्वपूर्ण सिँचाइका कायक्रमहरु, १५० वटा जनता आवास कार्यक्रमका घरहरु बनाएको सुनाए । यो बाहेक थुप्रै काम भएको भन्दै उनले विषयमा सुधार गरेको पनि उनले दाबी गरेका छन् ।

कार्यक्रममा यसबाहेक अन्य विभिन्न दलबाट उम्मेद्धार बनेका उम्मेद्धारहरुले समेत सम्बोधन गरेका थिए भने कार्यक्रममा उपस्थित नागरिकहरुले समेत उम्मेद्धारहरुलाई आफ्ना प्रश्नको जवाफ माग गरेका थिए । नागरिक स्तरबाट आएका प्रश्नहरुको सम्बन्धित उम्मेद्धारले जवाफ समेत दिएका छन् ।

मंसिर ४ को निर्वाचनका लागि विभिन्न पदमा होमीएका उम्मेद्धारहरु अहिले निर्वाचन तयारीको अन्तिम कसरमा लागेका बेला कपिलवस्तु जेसिजले ककस कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया

खबर सबै