

सधै चुनावी नारामा सीमित हुन्छ नौमुरे जलविद्युत् आयोजना


अर्घाखाँची । अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत आयोजनालाई यस क्षेत्रका नेताहरूले चुनावी नाराका रूपमा प्रयोग गर्दै आएका छन् ।
तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्वेक्षण गरिएको नेपालकै नमुना नौमुरे जलविद्युत् परियोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसक्दा बेवारिसे बनेको छ ।
आउँदो चुनावमा अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट टोपबहादुर रायमाझी र सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिनुभएको छ । उहाँहरूमात्रै होइन, यस क्षेत्रका धेरै नेताले नौमुरे जलविद्युत् आयोजनालाई चुनावी नारा बनाउने गरेका छन् ।
तत्कालीन जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुभएको नौमुरे जलविद्युत् बहुउद्देश्यीय आयोजनाको साइट कार्यालय । तस्बिर स् प्रेमनारायण आचार्य
अर्घाखाँचीबाट टोपबहादुर रायमाझी ऊर्जामन्त्री पनि हुनुभयो । उहाँले काम सुरु हुन्छ भन्दै हेलिकप्टरमा चढेर नौमुरेमा पुगी तामझामका साथ शितगंगा नगरपालिका वडा नम्बर ७ लामातालमा नौमुरे बहुउदेश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्नुभयो । कार्यालयमा कर्मचारी पनि भर्ना भए । तर अहिले कार्यालय महिनौँदेखि बन्द छ । भर्ना गरिएका केही कर्मचारी अहिले रोजगारीका लागि विदेश पुगेका स्थानीयवासी लालबहादुर राउतले भन्नुभयो । ‘बजेट नै नआएको कार्यालय खोलेर हामीलाई चुनावमा मात्र प्रयोग गर्न खोजे’, उहाँको गुनासो थियो ।
जुन पार्टीको नेता लामाताल पुगे पनि आफ्नो पार्टीलाई जिताए नौमुरे जलविद्युत् आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन बाँड्द आएका छन् । तर सत्तामा पुगेपछि यसतर्फ कसैको ध्यान पुग्न नसकेको स्थानीयवासी झकबहादुर राउतको गुनासो छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया